This article was published on
http://www.janapukar.com/index.php?option=com_content&task=view&id=1750&Itemid=9
यदि आमाले प्रत्येक दिन तकिया मुनि कुनै नयाँ युवतीको फोटो राखिदिनुभयो भने…..
बिहानको कलेज…. दिउँसोको अफिस….. साँझ घर र्फकदाँ भर्खर नयाँ दिन शुरु भयो जस्तो लाग्छ….. कुन बेला घरमा पुगुँ र सारा संसारले सुन्ने गरी चिच्याउँ…. मेरो आजको दिन सकियो…. शायद त्यसपछि मेरो सबै थकान मर्नेछ…. अनि मिठो धुन बजाउँदै म किताब पढ्न थाल्नेछु…. तर घरमा पुग्ने बित्तिकै ओछ्यानमा कुनै नयाँ केटीको फोटो हुन्छ….. फोटोले भन्छ अब बिहे गर्ने बेला भयो….. तर यार आफुलाई बिहे गर्ने मनै छैन…… । मेरो एकजना साथी मंसीर कहिल्यै नआओस् भनेर यसरी गनगन गर्छ…. मानौं उसलाई मंसीरफोबिया भएको छ…. । किन उसले बिहे गर्न आनाकानी गर्छ - उसको रहर छ… एकचोटी बाहिर जाउँ अनि बिहे गरुँला…… ।
म मनमनै सोच्छु….. यदि घरमा आमाले प्रत्येक दिन तकिया मुनि कुनै नयाँ युवतीको फोटो राखिदिनुभयो भने म के गर्छु - शायद…… लाज मानी मानी…… अन्कनाई अन्कनाई भन्थें होला….. ममी…… मेरो कोही साथी –) छ…….!!!! अनि सोच्छु….. आमाको के प्रत्रि्रया हुदों हो…… —– तर खैर आमा र मेरो विच निर्णयभएको छ…. कम्तिमा दुई वर्ष लागी बिहेको कुरै नगर्ने….. टेन्सन साफ….. त्यसैले आमाले मेरो सिरान मुनी फोटो राख्ने कष्ट गर्नुभएको छैन….. आफै राख्न कुनै रहर छैन…..।
दशैं तिहार जस्ता हामीले वडा चाड भन्दै आएका चाडले क्यालेन्डरबाट बिदा लिइसकेपछि हामीहरुको आखाँ क्यालेन्डरमा रहेका बिहेको साइत जुरेका दिनहरु त्ार्फजान थाल्छन् । यिनै महिनामा कैयौंका जिन्दगीले नयाँ मोड लिन्छन् । दशैं तिहारको रमाइलो सिजन पछि धमाधम बिहेको सिजन शुरु हुन्छ……। त्यसैले आमा बुबाहरु छोरा छोरीको साइत जुराउन आफन्त साथीभाई संग कानेखुशी गर्न थाल्छन्….. हाम्रो….लाई जोडा मिल्ने कोही छैनन —
केही हप्ता अघि छ - सात साथी भाई भेला हुन्छौं….. म कालो चियामा रमाउन थाल्छु…. साथीहरु कुनै कडा बियरको बोतल रित्याउन थाल्छन्…. कालो चिया र खैरो बियरले भन्दा बढि रमाइलो कुराकानीको बिषयले हुन्छ…. बिहे लभ म्यारिज ठिक की एरेन्ज म्यारिज - रातको १० बजे देखी शुरु भएको बादबिबाद २ बजे सम्म चल्छ…. दुइ जना लभ म्यारिजको पक्षमा छन् दुइ जना एरेन्ज म्यारिजको पक्षमा…. ।
केही दिन अघि एक राष्ट्रिय अंगे्रजी दैनिकले एक पेज भरी यही कुरा लेखेको छ…. लभ म्यारिज ठिक कि एरेन्ज म्यारिज- त्यसमा एक युवा भन्छन् मलाई त एरेन्ज म्यारिज ठिक लाग्छ…. केटी आमा बुबाले खोजिदिन्छन्… बिहे आमा बुबाले गरिदिन्छन्… दाइजो प्रशस्त आउँछ…. यदि पछि गएर सम्बन्ध बिग्य्रो या केही भयो भने…. दोष आमा बुबाको हुन्छ…. किनभने बिहे उनिहरुले नै गर्देका त हुन् नि..आफुलाई त बालै भएनू कस्तो गैर जिम्मेवारपुर्ण जवाफ….!
के विवाहको कुनै प्रकार हुन्छ - के विवाह रेष्टुरेष्टमा राखिएको कुनै मेनु होर - विवाह एक जोडीको सामाजिक पहिचान हो । लभ, एरेन्ज, या कोर्ट यि सबै विवाहका प्रकृया हुन् प्रकार हन् प्रकार होइननन्…. प्रश्न आफ्नो लागी कुन किसिमको व्यत्ति ठिक हुन्छ , जिन्दगी विताउन भन्ने हो , आफ्नो रुचि , व्यत्तित्व , विचारलाई कत्तिको स्विकार गर्ने व्यत्ति छ भन्ने हो…. तर हामी रुप र प्रक्रियामै अल्झिरहेका छौं ।
बिहे भन्ने वित्तिकै गाउँ टोल थर्किने बाजा , सयौंको जन्ति , सयौंलाई भोज खुवाउनु , गहना , झिलिमिली , ऋण लाग्ने गरी दिनुपर्ने दाईजो यिनै कुरा हाम्रो दिमागमा आउँछन् । अफसोस… कसले कत्ति खर्च गर्न सक्यो त्यो बिहे त्यत्तिकै ठुलो राम्रो भन्ने चलन बस्दै गएको छ । अझ दाइजोमा के के कुरा थियो - गहना कति थियो - लुगा कति जोर थियो - कति जनालाई भोज खुवायो - भोजमा के के आइटम थियो - पिउने कुरा थियो कि थिएन - यस्ता कुराहरु बिहे कस्तो भन्ने आधारहरु बन्न थालेका छन् - यसको परिणाम भोलीका दिनमा देखीनेछ… जब बिहे… कुनै सम्बन्धको सामाजिक पहिचान भन्दा पनि सामाजिक विकृतीको रुपमा देखापर्नेछ ।
मेरा एक आफन्त आफ्ना दुइ छोरीको बिहे गर्न विस मुरी धान आउने खेत बेच्न दलालको मा धाउँदैछन् । उनको सोच छ…. विस लाखमा जग्गा बेच्छु… बाह्र लाख जतिमा दुइ छोरीको बिहे सक्छु । शायद टन्न दाइजो दिएर उनि छोरीलाई विदाई गर्नेछन्…. सयौंले भोजमा आइटम आइटमको खाना खानेछन्…. भोज खानेहरु डकार्दै निस्कनेछन्… भोलीपल्ट खाएको सकिहाल्छ… भोजेहरुले अर्को भोज खाएपछि अघिल्लो भोज विर्सनेछन् । तिन चार दिनको तामझामको बिहे पछि…. बुढा गालामा हात राख्दै भन्नेछन् सबै थोक गयो.. छोरी, पैसा अनि बिस मुरी धान आउने खेतू !! यदि दाइजो भन्ने संस्कार नभइदिएको भए… उनिले आफ्नो छोरीलाई विदा गर्दा विस मुरी धान ओउने खेत पनि विदा गर्नु पर्ने थिएन ।
हामीले मान्दै आएको सबै संस्कार जायज छन् र वैज्ञानिक छन् भन्ने कुनै आधार छैनन् , यसैले सबै संस्कारलाई सकी नसकी मानी रहनु पर्छ भन्ने छैन । यदि परिर्वतन भन्ने कुरा नभएको भए आज पनि हामी जङ्गलमै हुन्थ्यो, नाङ्गै, जङ्गली जनावरको सिकार गर्दै । आज पनि हामी राजा महान् भन्दै पाउमा मोहोर चढाउँदै हुन्थ्यौं, तर परिर्वतन समय संगै आवश्यक छ…. तर विहे जस्ता कुरामा हामी प्रगतीशिल र व्यवहारीक हुनुको सट्टा झन् बढि त्यसमा विकृती थप्दै गइरहेका छौं । आखिरमा त्यसले कसलाई फाइदा गर्छ - छोरीलाई जन्माउनु , हुरकाउनु , पढाउनु , एक योग्य मान्छे बनाउनु अनि बिहेमा सकी नसकी पैसा खर्च गरेर विदाई गर्नु - के यो जायज छ - यस्तो परम्परालाई हामीले कति दिन सम्म बोकीरहने -
हामी आजकलका युवा कुरा अमेरिका , युरोपको गर्र्छौं , बेलायती कुनै पप स्टारको पेट दुख्यो भने यहाँ शोक सभा हुन्छ … ओबामा अमेरिकाको राष्ट्रपति जित्दा यहाँ बेलुकी पार्टी हुन्छ… आफुलाई सके सम्म आधुनिक देखाउन कुम हल्लाउने देखी मुन्टो हल्लाउने सम्म हामी अंग्रजीमै गर्न खोज्छौं तर अझै पनि बिहे गर्दा आमा बाबुको बैंक ब्यालेन्स र जग्गामा अनि दाईजोमा -याल चुहाँउछौं….. । आधुनिकता भन्ने कुरा विचारमा हुन्छ कि आवरणमा हुन्छ - व्यवहारमा हुन्छ कि बोलीमा हुन्छ - के कोही पढेलेखेको युवाले म दाइजो लिन्न भनेर घोषणा गर्ने आँट गर्न सक्छ - के कुनै युवतीले म दाइजो नलिने केटा संग बिहे गर्छु भनेर आँट गर्न सक्छे - के यो समाजले त्यस्तो आँट गर्ने व्यत्तिलाई पछाडी बसेर त्यस्ताको कुरा काट्नु भन्दा…. स्याबास हामी पनि तिम्रो साथमा छौं भनेर ताली बजाउन सक्छ -
परिर्वतनकारी या क्रान्तिकारी बन्न कुनै दलको नेता बनिराख्नु पर्दैन…. समाजले बुझी नबुझी गरिराखेको कामलाई यसो किन — भन्ने प्रश्न गरेर , त्यसको सही विकल्प दिई , कुरा भन्दा केही काम गरेर देखाए पुग्छ । कुरा काट्नेहरु कुरा काटिरहन्छन् , मुन्टो बर्टाहरु मुन्टो बटारिरहन्छन् तर परिवर्तन भईसकेपछि कुनै दिन तिनीहरु पनि परिर्वतनमा समाहित हुन बाध्य हुन्छन् । इतिहासले यहि कुरा प्रमाणित गर्छ । समय यसकै साक्षी छ।
गणतान्त्रिक नेपालमा बिहे गर्न तम्तयार…. बिहे गर्ने तयारी गरिरहेका र म जस्ता दुई वर्षहेरौं भन्ने जे जति छन् , वा जसको तकिया मुनी र पर्समा मात्र होइन जिवनमै कुनै व्यत्तिको फोटो राखिन जाँदै छ….. के बन्ने होइनत गणतान्त्रिक नेपालको क्रान्तिकारी दुलाहा - दुलही -
शुभकामना……!!!!!!!
