TIGblogs TIG | TIGblogs GROUP TIGBLOGS LOGIN SIGNUP
brabim's Blog
brabim's Blog
« previous 5


कालो झण्डा

कालो झण्डा
एउटा कालो झण्डा किनिदेउ मेरो लागी 
कात्रो बनाउँछु म 
उनिहरुको दिएको पिडामा जलेको 
मेरो स्वाभिमानलाई ओढाएर  

सपनाहरु कुण्ठा बोकेर 
मलामी हिँडेको बेला 
कहाँ हराईरहेछन्  ?
उज्यालो खोज्न गएका ६०१ जना
अझै फर्किएनन् ।

यो अध्याँरोमा जलाएर सारा तृष्णाहरु 
कहिले सम्म पर्खिरहने उनिहरुको उज्यालो  
अध्याँरो जस्तै कालो झण्डा बोकेर  
को उभिन्छ यहाँ उनिहरुलाई स्वागत गर्न ?

डुङ्गडुङ्ग गन्हाएको यो पुरानो लासलाई 
मेरै आँगनमा छोडेर 
वेपत्ता भएका ६०१ लाई कसले भनिदिने ?
पसिनाको रङ्ग, रगतको रङ्ग, उज्यालाको रङ्ग कालॊ कहिले हुन्न !
त्यसैले कालो दुई अक्षरको माईलस्टोन 
मेरो निधारमा लेख्न छोडेर संविधान
उनिहरु अझै फर्किएनन्

एउटा कालो झण्डा किनिदेउ
उनिहरुलाई दिनुछ   
फर्किए भने कुनै दिन 
उनिहरुले दिएको कालो अध्याँरो सँग साट्नुछ  
मेरो कालो झण्डा ।  

जेष्ठ १४ २०६८  ललितपुर लगनखेल



May 30, 2011 | 12:05 PM Comments  0 comments

Tags:


पुस्तौनी जुलुस

पुस्तौनी जुलुस


एक करोड ३१ लाख चालिस हजार मिनेट अघि,


दुःख नाम गरेको जिवन


म भित्र प्रवेश गरेको थियो


त्यही दिन देखी सोमल छु म यो जुलुसमा


कहिले दुई पाईला अघि बढ्दै


चार पाईला पछि हट्दै


जुलुस बढिरेहछ


अगाडी /पछाडी


दायाँ /बायाँ


अन्याय भन्दा पिरो अश्रुग्यांस


बेईमानी भन्दा दह्रो लाठी चार्ज


विचलन जस्तो हवाई फायर


स्खलित आस्था जस्तो गोली


 सबै सबै पचाउँदैं


जुलुस तछाड मछाड गरिरहेछ


युगौं देखी निधारमा खोपएको


दुःख जस्तै खाडल तर्न


तर एक करोड ३१ लाख चालिस हजार मिनेट पछि पनि


म त्यहीँ चोकमा छु


जुलुस त्यही गल्लिमै छ


जहाँ बाट यो शुरु भएको थियो ।


यही जुलुसको माझमा अस्ताएको थियो


मेरो बाको अस्तु


जुलुसमै हराएका थिए मेरा दाईहरु


जसको पाईला पछ्याउँदै सामेल छु म ।


जुलुसमा छन् रातो हरियो पहेंलो कालो निलो रङ्ग धारीहरु


तर जुलुसको नेतृत्व गरिरहेका कलरब्लाईन्डहरु


आफ्नो टाउको जोगाउँदै


अरुको टाउकोबाट बगेको रगत लिटरमै नापेर


मनाईरहेछन्


जुलुस विजय


अबको दुई करोड बैसठ्ठ्ठी लाख असी हजार मिनेट पछि


जुलुसको यहि मध्यभागमा उभिएर


मलाई मेरी नातिनीले सोधिन् भने


हजुरबा,


हाम्रो जुलुसको गन्तव्य के हो ?


किन युगौं देखी जहिंको तहिं छ यो जुलुस ?


मेरा सभाषद् मित्र,


त्यत्तिबेला दिने कुनै जवाफ छ हामीसंग ?


 (स्वसंपादन नगरिएको)




May 30, 2011 | 12:05 PM Comments  0 comments

Tags:


मिडियामा नबिक्ने समाचार

२ वर्ष अघि संचारकर्मीहरु माझ नेपाली युवाका सवाल र समस्याबारे छलफल भईरहँदा संचारकर्मीहरुलाई यस युवाको प्रश्न थियो “मिडियामा युवाले गरेका सृजनात्मक र सकारात्मक कामहरुको साटो किन मनोरन्जन र विध्वंशका समाचार मात्रै बढि आउँछ ?” एक नाम चलेका पत्रकारले सजिलो जवाफ दिए “पत्रकारिकता पछिल्लो समयमा व्यवसाय हो र त्यसैले जे बिक्छ त्यही समाचार बन्छ ।” उनको जवाफ सहि थियो होला तर त्यसमा सन्तृष्ट हुन सकिने अवस्था थिएन । ६ महिना अघि केही युवाहरुले अनौपचारिक रुपले युवा सवालहरु नेपाली मिडियामा कत्तिको आउँछन् र कसरी आउँछन् भनेर एक हप्ते मिडिया अध्ययन गरे । उनिहरुमा निश्कर्षमा पुग्नु अघि नै निराश भए । युवाका जे जस्ता विषय र सवालले मिडियामा स्थान पाउनु पर्ने हो ति प्रायश ठुला र प्रतिष्ठित मिडियामा दलित झैं हुन्छन् । युवाका समाचार केलाउँदा विधार्थी संगठनहरुको बन्द हड्ताल झगडा र राजधानी लगायतका सहरहरुमा हुने डान्स पार्टी र फेसन सो आदीले अड्डा जमाएका छन् । जुन वास्तवमा महत्वका हिसाबले युवाका खासै चासोका विषय होइनन् । 

सुईट एक सय एक डट कममा प्रकाशित स्टेरियोटाईप्स ईन मिडिया भन्ने लेखमा लिज कर्मीक लेख्छन्  अिधंकाश ठुला मिडियाहरु अपराध र िहंसा प्रधान समाचारहरु बढि छाप्छन् । र सिमान्तकृतहरु पनि त्यसै घटनामा जोडिएर आउँछन् । उदाहरण दिदैं उनि लेख्छन् अमेरिकामा काला जातीहरुको समाचार ग्याङ्ग युद्ध र लागु औषध संग जोडिएर आउँछ । तर उनिहरुले भोगिरहेका दुःखका समाचार भने कमै आउँछन् । यहि सन्र्दभलाई नेपाली संचार माध्यम र युवाका सवालसंग जोडेर हेर्न सकिन्छ ।

विगत ५ वर्ष भन्दा बढि समय देखी युवाका सवालबारे अध्ययन र अनुसन्धान गरिरहँदा नेपाल युवा संस्था संजाल लगायतका युवा संस्थाहरुले बुझेको कुरो हो युवाका बारेमा गफ र सतही बहस जति मात्रामा हुन्छन् त्यसको अनुपातमा युवा बारेमा गहिरो अध्ययन अनुसन्धान नगन्य छ । शायद यसै कारण पनि युवाका सवाल र समस्याहरु जे जति हुन् तिनमा विना अध्ययन जसरी देशका राजनीतिक कर्मी र सामाजिक अगुवाहरु ूयुवा देशका कर्णधार हुन् युवा देशका खम्बा हुन् ू जस्ता बतासे भाषण गर्छन् । युवाका विषय वस्तु र तिनलाई गरिएको न्यायलाई हेर्ने हो भने लगभग त्यस्तै बतासमै उडिरहेका भेटिन्छन् नेपालको मिडिया जगत् ।

केही उदाहरणहरुलाई हेरौं चार वर्ष अघि काठमाडौंमा केही किशोर युवाहरुले आफ्नो खाजा खर्चमा मितव्ययी भएर जोगाएको रकमबाट पत्रिका प्रकाशन गरे । आफ्नै सहपाठी परिवार र कलेज प्रश्ााषनको असहयोगको बाबजुद पनि पत्रिका निस्कियो । स्वभाविक रुपमा चम्किला र रसिला पत्रिकाहरुको माझमा ति पत्रिकाको सार्वजनिक विक्री शुन्य प्राय भयो । विषयवस्तुका हिसाबले युवाका शारिरिक मानसिक स्वास्थ्य रोजगारीका कुरा जिवन उपयोगी शिप यौन तथा प्रजनन स्वास्थय लगायतका सवालमा केन्द्रित त्यो जत्तिको युवा मैत्री र गुणस्तरिय पत्रिका आजभोली पनि बजारमा पाउनु मुश्किल नै छ । विक्री नभए पनि आफ्ना परिवार साथीभाई कलेजमा र विज्ञापन दाताहरुलाई जर्बजस्ती भिडाएर भएपनि केही हजार रुिपंया संकलन भयो । संकलन भएको रुिपंयाले उनिहरु बनभोज गएनन् बरु मिनभवनमा रहेको एक वृद्धाश्रमलाई आर्थिक र लत्ताकपडा सहयोग गर्ने निर्णय गरे । आफुले गरेको असल कामको प्रचार होस् भन्ने चाहानु स्वभाविक मानविय गुण हो तर तिनले आफुले गरेको कामको प्रचार संगै एउटा सन्देश प्रवाहित गर्न खोजेका थिए । तिनले विभिन्न दैनिक पत्र पत्रिका र केही टेलिभिजनका सम्पादकलाई गुहारे । तर पनि तिनका समाचारले पत्रिकाको कुनाकानीमा पनि स्थान पाएनन् । ति युवाको दुःख वृद्धाश्रममा भेला भएका घरबार नभएका वृद्धाहरुको खुशीको आशुं संगै बग्यो ।

केही दिन अघि संविधान सभा भवन अगाडी फेसबुकको निम्तोकै भरमा केही युवा जम्मा भएर धर्ना बसे भन्ने समाचार र फोटो प्रायश सबै राजधानी केन्द्रित ब्रोडसिटमा छापियो तर त्यसकै भोलिपल्ट केही युवा संस्थाहरुको फेसबुक आव्हानमा नेपाल पर्यटन वर्षको अवसरमा अन्र्तराष्ट्रिय विमानस्थल परिसरमा एक हजार युवा जम्मा भएर विमानस्थल सरसफाई गर्ने काम सम्पन्न भयो तर त्यो समाचार कुनैपनि ब्रोडसिटमा उभिन लाएक भएनन् । विमानस्थल फोहोर छ विमानस्थलमा उचित व्यवस्थापनको अभाव छ भनेर समाचार आईरहने मिडियामा एक हजार युवा उपस्थित भएर पर्यटन मन्त्रिकै अघि विमानस्थल सरसफाई गरेको विषय समाचार नै बनेन । राज्यलाई गालि गरेर राज्यका संरचनाहरु कमजोर छन् भनेर आलोचना मात्रै गर्नु भन्दा सृजनात्मक कामले पनि सकारात्मक दबाब दिन सकिन्छ भन्ने मान्यता बोकेका युवाहरुले गरेको कामलाई राज्यले प्रोत्साहान गरेन भनेर के भन्नु चौथो अङ्गले पनि कहाँ गरेको छ र

गएको वर्ष ूयाक्ट नाऊ अर्थात् अहिल्यै गरौं ूआफ्नै देशको लागी अहिले नगरे कहिलेू भन्ने स्वर्तस्र्फत फेसबुक अभियान शुरु भयो । फेसबुकबाट शुरु भएको सो अभियानले संविधान सभाका सबै सभाषद्लाई पत्र पठायो । िसंहदरबारको कडा सुरक्षालाई झुक्याएर व्यवस्थापिकाको कार्यालय छिरेका युवाहरुले सभाषद्लाई व्यक्तिगत रुपमा भेटेर पत्र बुझाए । पत्रमा दुईटा मात्र प्रश्न थिए ।

 आदरनिय सभाषद् ज्यू,

 के तपाईं तोकिएको मितिमै संविधान लेख्न गम्भिर हुनुहुन्छ  ?

के जनताले दिएको भोटलाई विस्रनु त भएको छैन  ?

चर्चा कमाउनु भन्दा पनि संविधान निर्माताहरुलाई गम्भिर हुन आग्रह गरेर अभियान थालेका युवाहरुले यस्तै काम दुई पटक गरे अनि हल्ला होस् भनेर सबै संचार माध्ययमलाई प्रेस विज्ञप्ती पठाए तर बिक्ने समाचारहरुको बैठकमा युवाहरुको यो कार्य ढोका बाहिरै पर्यो ।

राजधानीमै भईरहेका युवाका गतिविधीको त यो अवस्था छ भने देशका कुना काप्चामा बसेर सामाजिक परिवर्तनमा लागेका युवाहरुको गतिविधीले स्थानिय रेडियो स्थान पाए पनि धन्य । दाङ्ग जिल्ला र ललितपुरको दक्षिणी भेगका युवाहरुले दुई लाख भन्दा बढि पर्ने बाटो मर्मत आफ्नै पहलमा गरे । तिनीहरु पनि समाचार बनेनन् ।

युवालाई छोडेर महिलाको कुरा गरौं गएको माघ महिनामा मकवानपुर र चितवन जिल्लाका दुर्गम गाउँहरु घुमेर फर्कंदा त्याहाँ महिलाको प्रयास देखेर म जिल परेको थिएँ । द्धन्द्धको क्रममा सबैभन्दा बढि प्रताडित महिलाहरु एकजुट भएर गाउँको खानेपानी बन समिति बाटो समिति लगायतका समितिहरुमा अध्यक्ष लगायत बहुमत पदमा बसेका रहेछन् । अझ मकवानपुरको धियाँल गाउँका महिलाले १ लाख रुिपंयामा ९ लाख बाटो खनेछन् । यसैगरि बाँदरमुढे घटनाका कारण चर्चित बनेको माडी क्षेत्रका एकल महिलाहरुले गाविस परिषद्को वैठकमा ४०० को जुलुस लिएर गएर एकल महिलालाई सामाजिक सुरक्षाको निमित्त बजेट छुट्याएका रहेछन् । जुन कुरा जिल्लाकै संचारकर्मीहरुलाई पनि पत्तो रहेनछ ।

वरिष्ठ पत्रकार भैरव रिसालकै शब्दमा पत्रकारहरु धेरै पढ्दैनन् । र उनिहरुलाई धेरै पढ्ने फुस्रद हुन्न । नेपाली संचार माध्ययमले उठाएका सवालहरुलाई युवा आखाँले हेर्दा वरिष्ठ पत्रकारको भनाई कुनै सतही टिप्पणी मात्र लाग्दैन ।

विशेषगरि प्रजातन्त्रको पुर्नस्थापना पछि र लोकतान्त्रिक आन्दोलन पछि नेपालको मिडिया जुन रफ्तारले अघि बढेको छ । त्यो प्रसंसा नै गर्न लाएक छ । अब यसले उठाएका सवालहरुमा बहस हुनु जरुरी छ । संचार क्षेत्र एउटा उद्यम हो तर कपडा र कागजको व्यापार जस्तो समाचारको महत्वलाई पैसाको मुल्यसंग जोडेर हेर्न मिल्दैन । राजनीति जहाँ पनि पहिलो समाचार होला तर संकमणकालिन अवस्थामा नेताहरुको पाद टिप्पणीलाई समाचारको रुपमा प्रस्तुत गर्दैमा संचार क्षेत्रको भुमिका पुरा हुदैंन । जे बिक्छ त्यही छाप्ने भन्ने सजिलो उद्धेश्य भन्दा जसले समाजको हित गर्छ त्यही छाप्दै जाने भन्ने दिन कहिले आउला  केही मुर्धन्य पत्रकारहरुलाई राजनीतिको नकारात्मक कुराहरु ग्ल्यामर र यौन नछाप्दा पत्रिका नचल्ने चिन्ता पनि हुन सक्छ तर समाचार संगै त्यसको प्रस्तुतीकरण पनि महत्वपुर्ण पाटो हो । के विषयलाई रोचक आकर्षक ढङ्गले प्रस्तुत गर्ने मेहेनत गर्न सकिन्न   ?

मेरा एक पत्रकार मित्र भन्छन् संचार क्षेत्र र सरकारी क्षेत्रमा एउटा समानता छ । दुवैमा भन्सुन् चल्छ । चिनेको पत्रकार सम्पादक छ भने सानो समाचारले पनि ठुलो स्थान पाउँछ । कोही चिनेको छैनौ भने ठुलै काम गरे पनि त्यसले गतिलो स्थान नपाउन सक्छ । यतिबेला प्रश्न कसको समाचार आएन भन्ने होइन प्रश्न संचारले कस्तो समाचारलाई महत्व दिने भन्ने हो । कमसेकम विदेशी वा स्वदेशी नायिका मोडलको अर्धनग्न तस्विरले आधा पत्रिका ढाक्नुभन्दा सोही स्थानमा देशभित्र भईरहेका सकारात्मक समाचारले स्थान पाए एउटा सकारात्मक समाचारले अन्य हजारौं सकारात्मक समाचारहरु ल्याउन सक्छ । एउटा सकारात्मक समाचारले धेरै पाठक श्रोता र दर्शकमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्छ । युवाले गरेका सकारात्मक कामहरुले एक हजार युवा बाहिर गईरहेको अवस्थामा केही न केही परिवर्तन त ल्याउला नै । के यसका लागी लागी संचार तयार नहुने कि पत्रिका बिक्दैन भनेर िहंसा अपराध र राजनीतिका कुरा मात्रै गरेर बसिरहने   ?



May 30, 2011 | 12:05 PM Comments  0 comments

Tags:


शान्ति प्रकृयाको संदिग्ध भविष्य

“दशा बाजा बजाएर आउँदैन” भन्ने नेपाली उखान छ । तर जनवरी १५ अर्थात् माघ १ गते अनमिन आफ्नो चार वर्षिय कार्यकाल सकेर फिर्ता जाने तयारी गर्दै गर्दा विश्वमै उदाहरणको रुपमा लिईने नेपाली शान्ति प्रकृयाका दुर्दशाका संकेतहरु भने प्रष्ट देखिदैंछ । ति संकेतहरुलाई बेलैमा बुझेर तदअनुरुपको व्यवहार नेपाली दलहरुले प्रर्दशन गर्न सक्छन् या सक्दैनन् त्यो पनि शंकाकै घेरामा छ । माघ १ गते माघे संक्रान्तिको दिन प्राय नेपालीहरु घ्यु चाक्कु तिलको लड्डुमा मस्त भईरहँदा नेपाली राजनीतिको आकाशमा मडारिरहेको कालो बादल भित्रको चादीँको घेरामा मात्र सन्तोष मान्नु ठुलो भुल पनि हुन सक्छ ।

इतिहासबाट पाठ नसिक्नेहरुको हविगत कस्तो हुन्छ भन्ने हेर्न एकपटक इतिहास तिरै फर्कनु पर्ने हुन्छ । तर नेपाली राजनीतिका खेलाडीहरुलाई न इतिहास पढ्ने फुस्रद छ देखिन्छ, न भविष्यको चिन्ताले छोएको अनुभुती हुन्छ । नेपालको शाीन्त प्रकृयालाई सहयोग पुर्याउनको लागी तात्कालिन नेपाल सरकार र नेकपा माओवादीले छुट्टा छुट्टै पत्र लेखी संयुक्त राष्ट्रलाई सहयोगको आग्रह गरेबमोजिम नै अनमिन नेपाल आएको हो । विश्वको नक्सामा धेरै सानो भुगोल ओगटेर बसेको नेपालको चर्चा त्यत्तिबेला विश्वभरि हुन पुग्यो जतिबेला नेपाली राजनीतिक दल र नेकपा माओवादी विचको सहकार्यले नेपालमा गणतन्त्रको घोषणा र संविधान सभाको चुनाव भई आम नेपालीले चुनेका प्रतिनिधीले संविधान लेख्ने दिनको शुरुवात भयो । नेपाल विश्वमा गणतन्त्र घोषणा हुने सबैभन्दा नयाँ राष्ट्र हो । हिमालको देश बुद्धको देश विरहरुको देश भनेर विश्वमा नाम कमाएको नेपालको नाम द्धन्द्ध रुपान्तरणको प्रकृयालाई सफलतापुर्वक टुगाँउने देश भनेर लिन सक्ने संभावना प्रचुर थियो र छ पनि । तर नेपालका राजनीतिक दल र तिनका शिर्ष नेताहरुको नबुझी बोल्ने अनि आफ्नो गल्ति छोप्नलाई अरुलाई दोष लगाउने पुरानो बानीले नेपालको शान्ति प्रकृयालाई त धरापमा पारेका छ नै संयुक्त राष्ट्र संघमा नेपालको नाम बदनाम गराएको छ ।

सिमित म्यान्डेट र जिम्मेवारीका साथ अनमिनलाई बोलाएपछि अनमिनबाट बढि अपेक्षा गर्नु त्यो दलहरुकै कमजोरी थियो । अनमिनले बारम्बार अनमिनको म्यान्डेट यो हो भनेर भनिरहँदा पनि नेपालका कतिपय नेताहरुले अनमिनलाई गाली गर्न छाडेनन् त्यसले अन्तराष्ट्रिय स्तरमा नेपाली नेताहरुको ज्ञान र कुटनितीक क्षमता कुन  स्तरको रहेछ भन्ने प्रष्ट पार्यो । तर केही शक्ति केन्द र केही सिमित व्यत्तिहरुलाई खुशी तुल्याउन गरिएको त्यस्तो दुष्प्रचारले अन्तमा शान्ति प्रकृयालाई अझ जटिल बनाउँदै लगेको छ । बारम्बार नेपालको सार्वभौमिकता माथी हस्तक्षेप गर्दै आईरहेका विदेशी शक्तिहरुले अनावश्यक रुपले प्रभावित पार्न खोज्दा र प्रधानमन्त्रिको चुनावमा यसलाई भोट हाल यसलाई भोट नहाल भन्ने सम्मको दबाबहरु दिईरहँदा चुक्ँक नबोल्ने सक्ताधारीहरुले संयुक्त राष्ट्रसंघ कि प्रतिनिधी करिन लनग्रेनको विफि्रङ्गलाई जंगली वाहियात र मनगढन्ते भनेर नेपाल र नेपालीको शिर न उचों भयो न त नेपालको सार्वभौमिकता नै बलियो भयो ।

शान्ति प्रकृयाको अन्तिम दस्तावेज भनेको नयाँ संविधान हो तर गएको डेढ वर्ष देखी नयाँ संविधान लेखनमा उल्लेखनिय काम केही भएको पाईंदैन । उच्च स्तरिय राजनीतिक कार्यदलले संविधानका केही झिना मसिना विषयहरुलाई टुगोँ त लगायो तर शाषकिय स्वरुप राज्यको पुर्नसंरचना निर्वाचन प्रणाली लगायतका महत्वपुर्ण विषयहरुमा मतभेद कायमै छ । अबको करिब चार महिनामा के संविधान बन्ला त ? संविधान सभाका अधिकांश सभाषद्हरु यसमा अनविज्ञता प्रकट गर्छन् । विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका महत्वपुर्ण विषयहरु जस्तो घरजग्गा फिर्ती वेपक्ता आयोग शान्ति आयोग राज्य पुर्नसंरचना आयोग सत्यको निरुपण आयोग लगायतका आयोगहरु बन्न सकेका छैनन् र द्धन्द्धको क्रममा पिडित भएका मानिसहरुको घाउमा मलम लगाउने काम गर्न अझै बाकीँ नै छ । यो संगै अनमिनको बर्हिगमन पछाडी अनमिनले गर्दै आएको महत्वपुर्ण काम जस्तै माओवादी सेनाका क्याटोन्मेटमा राखिएका हात हतियारको अनुगमन र रेखदेख कसले गर्ने संयुक्त अनुगमन समन्वय समितिले गरिरहेको कामहरु कसले गर्ने लगायतका प्रश्नहरु ज्यँूका त्यूँ छन् । यो संगै अनमिनको बहिगर्मन पछाडी अन्र्तराष्ट्रिय निकायको अभावमा नेपालको शान्ति प्रकृया कुन बाटो जाला भन्ने यक्ष प्रश्नको जवाफ कोही संग छैन । यो अवस्थामा अनमिनको विदाई नेपाली शान्ति प्रकृयाका कत्तिको हितमा छ  यस बारे गम्भिर छलफल नै नभईकन अनमिन विदा हुनु अनमिन आफै र नेपालीका लागी पनि त्यत्ति मिठो कुरा होइन ।

फेरी पनि सबै कुरा आएर नेपाली दलहरुमै अड्किएको छ । यदि सहमती हुने हो भने जति ठुला प्रश्नहरुको हल निकाल्न संभव हुन्छ तर विगत २ वर्षको राजनीतिको लेखाजोखा गर्ने हो भने दलहरुले एक अर्कालाई गाली गरेर एक अर्काको कमजोरीको बखान गर्दैमा विताए । कुनै एक पार्टीको कमजोरी अर्काे पार्टीको श्वत सबल पक्ष बनिहाल्दैन । नेपालको शान्ति प्रकृया वास्तवमा आपसी विस्वास र भरोसामै अडेको छ । यदि पार्टीहरु विचमा आपसी सहमती भएन भने कागजी सहमतीहरुको कुनै अर्थ हुन्न । विगतलाई हेर्ने हो भने पनि अन्तरिम मन्त्रिपरिषद्मा युद्ध विराम गरेका माओवादीहरु संलग्न भए हतियार अनुगमनमा राखेर । उनिहरु संविधान सभाको निर्वाचनमा संलग्न भए र ठुलो दल बनेर कार्यकारी प्रमुख पनि भए तर अहिले आएर नागरिक पार्टी नबनीकन सरकारको नेतृत्व लिन पाईंदैन भन्नु तर्कसंगत कुरा होइन । माओवादीले पनि आफु ठुलो पार्टी हुँ भन्ने घमण्डलाई त्याग्न जरुरी छ किनभने संविधान सभाको बनोटलाई हेर्दा कसैले कसैलाई निषेध गर्न सक्ने अवस्था छैन । ठुला पार्टीका विचमा मात्रै होइन मधेशका पार्टी र साना पार्टीलाई पनि निषेध गर्नु त्यो आत्मघाती हुन सक्छ । दक्षिण अफि्रकाको उदाहरण हेर्ने हो भने नेल्सन मण्डेलाको पार्टीले दुई तिहाई बहुमत प्राप्त गर्दा पनि सानो पार्टिलाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पेको थियो । तर आफु प्रधानमन्त्री वा राष्ट्रपती बन्न नपाएको झोकमा सारा सहमती तोड्न तयार हुने नेपालका राज नेतालाई यस्ता उदाहरणहरु वाहियात लाग्यो भने आश्र्चय नमाने हुन्छ । किनभने दलहरु द्धन्द्धकालको उपयोग गरेर आफ्नो शक्ति बलियो बनाउने ध्याउन्नमै मस्त छन् ।

इतिहासले अति महत्वपुर्ण जिम्मेवारी नेपालका दलहरुलाई सुम्पेको छ । यदि यो जिम्मेवारीलाई आत्मसाथ गरेर शान्ति र संविधानको यात्रालाई एउटा सार्थक निचोडमा पुर्याए भने इतिहासमा नाम दलहरुकै हुनेछ । यदि आफ्नो स्वार्थलाई मात्रै हेरेर शत्ता र शक्तिकै लागी लडिरहे भने इतिहासले दलहरुलाई माफ गर्ने छैन । के यो चेत नेपालका दलहरुलाई छ ?

नेपाली समाजको दुईटा वर्गका मानिसलाई राजनीतिक घटनाक्रमहरुले खास माने राख्दैनन् । भए खाने वर्गका मानिसहरु खानकै लागी आफ्नो समय र पसिना खर्च गरिरहन्छन् भने लामो समय देखी सत्ता र शक्तिको आडमा फलेको फुलेको वर्ग जति नयाँ राजनीतिक व्यवस्था आए पनि आफ्नो दुनो सोझ्याउन थालिहाल्नेछन् । फरक पर्ने वर्ग मध्ययम वर्ग हो । तर मध्ययम वर्ग पनि ”यो देश यसै गरि चलिराख्छ, न विग्रेर भासिन्छ, न सप्रेर उकासिन्छ” भन्ने चिन्तन मै रहे भने राजनीतिक दलहरुलाई होशियार भन्न शक्ति रहदैंन । त्यो शत्तिको अभावमा राजनीतिक दलहरुको मनोमानी जारी नै रहनेछ । के यो शक्ति जुरमुराएर उठ्ला के  दलहरुको बुद्धिको बिर्काे खुल्ला शायद प्रश्नको जवाफको लागी जेष्ठ १४ गतेको मध्यरात सम्म कुर्ने पर्ने हुन्छ ।

This article was published on Nagarik Daily on January, 13, 2010



January 12, 2011 | 11:01 AM Comments  0 comments

Tags:


यो संक्रमणमा के लेख्नु यार कविता ?

के लेख्नु यार कविता ?

मेरो कविता,

न भोको मानिसको भोक मार्ने

दुईटा रोटी बन्न सक्छ ?

मेरो कविता न नाङ्गो मानिसको

आङ्ग ढाक्ने टालो बन्न सक्छ ?

रिसले, आक्रोशले, डाहले

पोख्न त पोखिदिएँ हूलाँ दुई शब्द  !

कागज भरी !

मेरो कविता

न सिङ्गरमरको भित्तामा उभिन लाएक

कुनै रङ्गिन क्यानभास बन्न सक्छ ।

 

हामी भेटेको दिन लेखीदिएँ हुलाँ

हामी छुटेको दिन लेखीदिएँ हुँला

मेरो कविता न उनको हाँसो जस्तो सुन्दर

न उनको आशुँ जस्तो रहस्यमयी  ?

मेरो कविता

एकोहोरो प्रेमको रापले जलिरहेको

प्रेमीको लागी

न प्रेम पत्र बन्न सक्छ ?

न छुटिएका प्रेमीले छाड्ने

मायाको शिलालेख बन्न सक्छ ?

न भेटिएका प्रेमीले साट्ने

फुलको थुगाँ ?

प्रेमले, वियोगले, तृष्णाले

पोख्न त पोखिँदिएँ होला

दुई शब्द

मेरो कविता न सुन्नेलाई सुनको माला

न भन्नेलाई फुलको माला

न दन्त्य युगको प्रेम कथा बन्न सक्छ ।

 

के लेख्नु यार कविता ?

मेरो कविता

सडकमा लडिरहेको बालकको न अस्तित्व बन्न सक्छ ?

भुमि विहिन, नागरिकता विहिन यो देशका मानिसको

न पहिचान बन्न सक्छ ?

श्रृगारमा लतपतिएकी नगरबधुको

न आत्मसम्मान बन्न सक्छ ?

मेरो कविता

झाडा पखालाले मरिरहेका मानिसको लागी

न एक ट्ब्यालेट औषधी बन्न सक्छ   ?

लेख्न त लेखिदिएँ हुँला

अहमले, अपेक्षाले, अज्ञानताले

मेरो कविता वर्षां देखी छोरो हराएको आमाको

न चिठी खबर बन्न सक्छ  ?

 

के लेख्नु यार कविता

मेरो कविता

सधैं हार्ने पिडित र गरिबकालागी

न न्यायको कानुन बन्न सक्छ

वर्षां देखी देशले खोजेको

न्यायको

शान्तिको

न गित बन्न सक्छ  ?

लेख्न त लेखिदिएँ हूँला

आवेगले, आस्वासनले, आशाले

तर मेरो कविता

सभाषद्ले लेखे लेखे जस्तो गरेर

जनता झुलाईरहेको

न एक थान नयाँ संविधान बन्न सक्छ

यो संक्रमणमा उसोभए के लेख्नु यार कविता ?

 

डिसेम्बर १७ २०१० विहान १ बजे

नखिपोट ललितपुर

 



January 12, 2011 | 11:01 AM Comments  0 comments

Tags:


« previous 5


Brabim kumar K.C's Profile

Brabim kumar K.C's Friends


Latest Posts
थोते मकै
सिंघानि...
बोक्सीक...
Poem –...
छोरीलाई...

Monthly Archive
August 2008
September 2008
October 2008
November 2008
December 2008
February 2009
March 2009
April 2009
May 2009
June 2009
July 2009
August 2009
September 2009
October 2009
November 2009
December 2009
January 2010
February 2010
March 2010
April 2010
May 2010
August 2010
January 2011
May 2011
August 2011
February 2012
March 2012

Change Language


Tags Archive
aboutlife aboutmyself art changeforbetter collegenepal creativeyouthsociety culturenepal dashain frustation happiness leadership lettertofather mylife nepal photos politics politics/nepal prachanda primeminister primeministernepa puspakamaldahal talkofthetown talkofthetwon/politics theatre thedays theways time togetherasone uncategorized yuvachautaree

Friends
Abdallah Diwan
AfricanCherub!
Amina
Angel
ashu
Benedicta
Bidhya chapagain
Carita
Cherrie
Diva M
Fi McKenzie
Franziska Seel
Injy
Jennifer Corriero
Jenny
jill mills
kaja
Kateula Sichalwe
Luana
Luke Lieberman
mahmoud
Maitreyi Doshi
Maja Andjelkovic
Manel Jaziri
Mariana Ballestero
Mariana Cruz A. Lima
Meaghon Dunphy
Milva
Nguyen Thanh Huyen
ola mustafa
Pinkie
Ravina
Ruth
Sonali
Sophia Laurentia
Stephanie
sujira pongjiwanich
Terez
Tunisian
Yara Kassem

Links
Brabim's Blog
Trueliner's Blog


63219 views
Important Disclaimer