Now I am in Kathmandu, writing blog, replying missed calls, and using the advance technologies. In the mean time, let’s assume what a guy might be doing in Karnali! May be he is in front of CDO office, looking at the sky, waiting for rice, has gone for hilly region to search “Yarshagumba”. There is a huge difference between him and me, not in other things but in usage of resources. Though he is also a Nepali but he is not getting any facilities as a kathmanduties. Many people at karnali are living with out security and identity. Last sunday at gurukul theatre a drama ” karnali dakshin bagdo cha” had shown the same picture. After watching that play, i wrote an article which was published in the Makwanpur newspaper. The same article was broadcasted through Hetauda F.M. The article is in Nepali (i will translate it in coming days). I am publishing the same article here.
कर्नाली भस्रेज काठमाडौं
नाटक सिनेमा सािगंतिक कार्यक्रम जस्ता कार्यक्रमहरु मनोरन्जनका कुनै न कुनै माध्ययम हुन् । उसोत नाटकलाई पनि मनोरन्जनकै माध्ययम वा साधन भनेपनी त्यसले उठाएको विषय वस्तु प्रस्तुतीकरणका कारण कहिले काहीँ नाटक यस्तो जिवन्त भईदिन्छ त्यो नाटक आफैंमा जीवन हुन्छ । चलचित्रमा जस्तो प्रविधी यान्त्रिक आतङ्क नहुनु र कलाकार र कलाकारितालाई आफ्नै आखाँ अगाडी हासँेको रोएको र आफु जस्तै कठिन जिन्दगी जिईरहेको देख्दा नाटक कहिले काहीँ जीवन जस्तै शुन्दर सत्य र विडम्बना पुर्ण भईदिन्छ । केही दिन देखी काठमाडौंको गुरुकुलमा कर्नाली हाँसीरहेछ गाईरहेछ चामलको लाईनमा भोक भोकै बसिरहेछ र देखाईरहेछ काठमाडौंलाई कर्नालीको वास्तविक तस्विर । हामीले टेलिभिजन र पत्र पत्रिकामा देख्ने गरेको तस्विर भन्दा फरक र हामीले सोचको दायरा भन्दा धेरै पृथक यर्थाथ कर्नाली हेर्दा म भित्र सानो तिनो भुईंचालो गयो । काठमाडौंको झिलिमिली चश्मा लगाएर देश हेर्न र बुझ्न खोज्ने म जस्ता युवा जो आफुलाई जान्ने सुन्ने ठान्छ ू कर्नाली दग्खिन बग्दो छू नाटक हेर्दा म भित्र कर्नालीमा बाच्ािँरहेका मानिसहरु प्रति र समग्र कर्नाली प्रति सहानुभुती होइन ईतिहाँस देखीनै काठमाडौंले कर्नाली प्रति गरेको भेदभाव र थिचोमिचो प्रति आक्रोश जन्मायो । त्यसैले पुरा नाटक हेरिसकेपछि मैले विस्रन नसेकेको र मेरो दिमागमा पटक पटक खेलिरहेको एउटा संवाद यस्तो छ
तिम्रो बाउले बनाएको हो यो एयरपोर्ट हाम्रा हाड छाला घोटेर बनाएको अहिले हामीलाई आएर पिलेनमा सिट छैन भन्दोरहेछ…… बढो हाकीम भईखाएको……यहाँ मान्छे मरेको देख्दैन…… !
पहरोबाट लडेका एक मानिसलाई डोकोमा बोकेर दुई दिनको बाटो हिडाँएर सदरमुकामको जिल्ला अस्पतालमा पुग्दा त्याहाँ डाक्टर शाव हुन्नन् उनि कुनै गोष्ठिमा भाग लिन नेपालगन्ज गएका हुन्छन् । अहेव भन्छ ू विरामीको लडेर आन्द्रा बाहिर निस्केको रहेछ त्यसैले नेपालगन्ज लानुपर्छू । विरामीलाई नेपालगन्ज लानको लागी उनिहरु एयरपोर्ट पुग्छन् तर एयरपोर्टमा बसेको काठमाडौंको हाकीमले ूटावर संग कन्ट्याक्ट हुदैं छ…… भोली जहाज आउँछ होला ू भन्छ । एकरात मरणासन्न अवस्थामा पुगेको विरामीलाई विमानस्थलमै रात भरी रुँघेर भोलीपल्ट पिलेन आउने आशमा बस्छन् तर भोलीपल्ट पनि त्यही हुन्छ एयरपोर्टको कर्मचारी भोलीपल्ट पनि त्यही जवाफ दिन्छ अझ जहाज आए पनि सिटहरु पहिल्यै बुक भईसकेकोले विरामीको लागी कुनै सिट नभएको जानकारी दिन्छ…… विमानस्थलका कर्मचारीको यस्तो अमानविय र गैह्रजिम्मेवार पुर्ण जवाफ सुनेपछि आक्रोषीत कर्नाली वासीको च्ाित्कार हो यो ।
वास्तविक खस जाति र भाषाको उद्गम थलो कर्नालीले नेपालीत्व त जन्मायो तर त्यही खस जातकै मानिसले सयौं वर्ष सम्म देशको शाषन प्रशाषनमा हालीमुहाली चलराईरहँदा कर्नाली जत्तिको उपेक्षित अरु केही भएन । देशका केही प्रधानमन्त्री कर्नालीबाटै भए तर तिनको रगत र नशामा कर्नालीको पानी उहिल्यै सकिईसकेको थियो । ति जन्मका आधारमा कर्नाली भए तर तिनको छातीमा कर्नालीवासी भोग्नुपर्ने पिडा बोध थिएन तिनले कहिल्यै स्कुल जानको लागी तुइन तर्नु परेन स्कुलबाट फर्कदाँ तुइनबाट स्कुले साथी कर्नालीमा झरेर कर्नालीमा विलिन भएको आफ्नै आखाँले देख्नुपरेन तिनले चामलको लागी कयौं दिन आकाशमा जहाज हेर्दै खाध संस्थानको डिपोमा लाइन बस्नु परेन त्यसैले तिनले कर्नाली देखे तर कर्नाली भोगेनन् । देख्नु सुन्नु र भोग्नुमा धेरै अन्तर पो हुन्छ त…… त्यसैको परिणाम टाठा जान्ने बुझ्नेले कर्नालीलाई मागी खाने भाँडो बनाए उनिहरु र उनका आशेपासे बर्खाको मुला झैं सपि्रए तर कर्नाली जहाँको तहीँ रह्यो ।
उसोत कर्नालीमा विकाशको लागी कुनै प्रयाश भने नभएका होइनन् …… तर कर्नालीको लागी विकाशको योजना बनाउने मान्छेले शायद भत्ता र सुविधा सहितको कर्नालीको भ्रमण गरयो रिपोर्ट बनायो तर उसले पनि कर्नालीलाई भोगेको थिएन त्यसैले जतिपनि विकास भयो त्यो लादिएको विकास थियो । जब कर्नालीमा ढुवानी सेवा उपलब्ध थिएन वा जब कर्नालीमा विश्व खाध संगठनबाट अमेरिकी चामल पुग्ने थ्ािएनन् त्यतिबेला सम्म कर्नाली भोको थिएन । त्याहाँका जनता स्थानिय रुपमा उत्पादन हुने कोदो फापर जस्ता कुरा खाएर अघाउँथे तर जब कर्नालीमा काठमाडौंले चामल पठाउन थाल्यो त्यसपछि फुड ह्याबिटमा आएको परिवर्तनले चामलको भोकमरी सृजना गर्यो । कर्नालीले काठमाडांैलाई अमुल्य संस्कुति भाषा र अझ अमुल्य जडिबुटी दिईरह्यो बदलामा कर्नालीले काठमाडौंबाट केवल भोक र भेदभाव पायो । जुन कुराको अन्तको लागी कर्नाली लडिरहेको छ ।
यही कुरालाई ज्वलन्त रुपमा उठाइएको छ नाटक ू कर्नाली दग्खिन बग्दो छूमा । स्थानिय भाषामा अझ मुगुकै कलाकारहरुले अभिनय गरेका नाटक हेरिसकेपछि अन्र्तमनको कुनै कुनामा रहेको कर्नाली प्रतिको मेरो अल्पबुझाई पुरै बदलियो । वास्तवमा कर्नाली यो देशको गहना हो र संगै पिडा पनि ।
काठमाडौंमा बसेर मोबाइलमा आएको मिस कललाई रिप्ला्इ गर्दै र इमेल इनबक्समा आएको मेललाई फरर्वाड गर्दै म सोचिरहेछु मेरै उमेरको मेरै देशको कर्नालीमा बस्ने जिवनमा कहिल्यै कम्पुटर नदेखेको युवा अहिले के गर्दै होला के ऊ यासा्रगुम्बा टिप्न गएको छ के उ चामलको लाईन ठेलमठेल गर्दै उभिरहेको छ या दिल्ली बम्बईको सडकमा भारी बोक्दै छ तर होइन पक्कै अबको सचेत युवा आफ्नो अधिकारको लागी सचेत भएर काठमाडौं तिर औंला ठडाउँदै भनिरहेको हुनुपर्छ ू काठमाडौं तिमी मेरो मालिक होइनौ तिमीले कर्नाली माथी अहिले सम्म गरेको भेदभाव प्रति मेरो आपत्ती छ…… विकास भन्ने कुरा तिमीले हामीलाई दान दिने होइन हाम्रो लागी तिमीले बनाएको योजना र नीति अस्विकार्य छ……मलाई अब हरेक कुरामा शहभागीता चाहिन्छ ू ।
मेरो यहि विश्वास छ ।
