TIGblogs TIG | TIGblogs GROUP TIGBLOGS LOGIN SIGNUP
brabim's Blog
brabim's Blog
मेरा वरिष्ठ मित्र


आज तिन दिन भयो…। उनलाई भेटेको तर उनलाई भेटे पछि म भित्र उठेको तरङ्ग अझै पनि शान्त भएको छैन । धेरै पछि दुई प्रेमी भेटे झैं लामो यात्रा पछि आफ्नो घर फर्के झैं धेरै दिन सम्म हराएको आफ्नो मन पर्ने केही वस्तु टुप्लुक्क भेटे झैं…। कस्तो कस्तो अनौठो अनुभवबाट म केही दिन देखी गुजि्ररहेछु…… ।

पहिले कहिल्ययै नभेटेको एक व्यक्ति अचानक आएर आफ्नो सारा कथाहरु विना कुनै स्वार्थ र विना कुनै आग्रह सुनाउन थाल्छ आफ्नो जिन्दगीका कुराहरु खुलस्त बताउन थाल्छ भने तपाइँ के गर्नुहुन्छ पहिले तपाइँ त्यो व्यक्तिबाट तर्कन थाल्नु हुन्छ उसको मानसिक स्थितीको बारेमा मनमन कुनै अन्दाज लगाउन थाल्नुहुन्छ वा चुप लागेर उसको कुरा सुन्न थाल्नुहुन्छ र अझ अघि बढेर उसले तपाइँको आफ्नो जिन्दगीको बारेमा पनि सोध्छ भने तपाइँ के गर्नुहुन्छ

मलाई मुर्ति पुजा प्रति कहिल्यै रहर भएन… कहिल्यै काहीँ बाध्य भएर ममीले गाली गरेर पुजा गर्नु पर्दा मलाई कतिखेर सकाउनु जस्तो हुन्थ्यो…। र लतरपतर अविर केसरी मुर्तिको गाला भरी दलेर भाग्थें…। मलाई याद छ कक्षा छ मा पढ्दा भगवान् संग मैले कक्षामा तेस्रो हूँ …॥भनेर मागेको थिएँ… संयोगवश म तेस्रो नै भएँ…… त्यसपछि किन किन आज सम्म मैले आफ्नो लागी केही मागिन र कुनै मुर्तिको अगाडी पुगेपछि माग्नेकुराहरु सबै हराउँछन् …… वुझेर या नबुझिकन विगत चार वर्ष देखी एउटै कुरा मागिरहेछु…॥ ू भगवान् सत्य र न्यायको पक्षमा लागीरहुं र जित सत्यकै होस् ू । कहिल्यै सफलता पैसा प्रमिका किन किन भगवान् संग माग्नै मन लागेन… चाहान्छु जिन्दगीमा भगवानलाई यस्तो कुरामा दुःख दिनु नपरोस् …… चाहाना कत्तिको पुरा हुन्छ त्यो त भविष्य ले नै बताउला…॥ !

धर्म प्रति मुर्ति पुजा प्रति त्यस्तो धेरै रहर नहुदाँ नहुदैं…।sेही दिन अघि म पशुपती मन्दिर पुगें…। मेरा एक आफन्तले निम्त्याएका थिए…॥ अफिस कलेज विदाको दिन थियो… त्यसैले केही फुस्रदमै थिएँ… विहानीको समय थियो त्यसैले सडकमा गाडी धेरै थिएन…॥गाडीको आवाज धेरै थिएन…।पशुपति यस्तो ठाउँ हो…। जहाँ मान्छे जिउँदो छउन्जेल लामो आयु र स्वास्थयको लागी आर्शिवाद लिन जान्छ अनि मरेपछि फेरी त्यहीं पुग्छ…॥ रित्तो हात…॥! ! !

पशुपतिमा दर्शन गर्न आउने मान्छे छन्… परिवार जोडी अनि कोही एक्लै…। सबैका आ आफ्नै कामना छन् …॥ शायद एक्लै म छु…। जसको आफ्नो कुनै कामना छैन…। ! फुल बेच्नेहरु फुल बेच्न तछाड मछाड गरिरहेका छन् घण्टा बजिरहेको छ… आर्यघाटबाट धुवाँको मुस्लो आईरहेको छ… एक दुई विदेशीहरु प्ाुाेटो खिचिरहेका छन्…। यिनै दुश्यहरुबाट गुज्रदै म कैलाश वाट बाटै बाटो गौशाला तिर लाग्छु…… विचमै एक जना हसिँला… करिव पचास पचपन्नको मानिसले रोक्छन् र सोध्छन् ूतपाइँलाई भगवान प्रति विश्वास लाग्छ तपाइँलाई यो जिवन के हो जस्तो लाग्छ ॥ … मान्छे चिनेको छैन… अहिले सम्म देखेको छैन…। तर म आफ्नो स्वभाविक र सामान्य जवाफ दिन्छु… यदि विदाको दिन नपरेको भए तर्केर हिँड्थें होला…। मेरो कुरा उनलाई मन परेछ क्यार…… त्यस पछि उनि आफ्नो कथा सुनाउन थाल्छन्…। ू युवा थिएँ…। प्रेम भयो… विवाह भयो… श्रीमती राम्री थिइन…। छोरीहरु भए…। काठमान्डौंमा घर भयो… लाग्थ्यो संसारको सबैभन्दा भाग्यमानी मैं हुँ… सबै चिज राम्रो थियो… एकदिन श्रीमतीको बाथरोग बाट मृत्यु भयो…॥ त्यसपछि मैले घर छोडेर हिँडे…॥ लाग्यो… जिवन भनेको यति मात्र होइन…। जिवनमा शान्ति कहाँ छ हो त्यही शान्तिलाई खोज्न जिवनको पुर्णता खोज्न हिँडे…॥ तर कहाँ केही थाहा छैन…।ू । म उनको आखाँ हेरिरहेको छु…। आखाँमा छल कपट र झुटको कुनै रंग छैन…॥

उनि संग अझ केही बेर कुरा हुन्छ…। आजभोली उनि घरमै बस्छन्… एक जना छोरीको बिहे भयो…। अर्की छोरी एम।ए पढ्दै छिन्…। तर उनको खोज अझै सकिएको छैन…। ।
उनि जस्तै गरि हजारौं वर्ष अघि राजकुमार सिद्धार्थ एकदिन घरबाट निस्किएका थिए…। यस्तै खोजमा पछि उनि गौतम बुद्ध बने…। ।
मैले भेटेको मित्रले बुद्धत्व फेला पारेकी पारेनन् मैले पनि सोधिन… तर उनको रसिलो हँसिलो र फरासिलो पारा हेर्दा कता कता उनले पनि जिन्दगीको गहिराईलाई बुझेका छन् कि भन्ने लाग्थ्यो…॥

उनि संगको भेट पछि म भित्र पनि केही प्रश्नहरु खेल्न थाल्छन्…त्यस्ता कुराहरु खेल्न थाल्छन्…। जुन कुराहरु सामान्य रुपमा हामी सोच्दै सोच्दैनौं । घर परिवार पढाई करियर साथीभाई पैसा…। यिनै कुराहरुका बारेमा सोच्दा सोच्दै हामीलाई आफ्नै जिवनको बारेमा सोच्ने फुस्रद भने हुदों रहेनछ…। मैले पनि आफुले आफैलाई सोधें वास्तवमा मेरॊ जिवन को लक्ष्य के हो जिवनमा वास्तविक शान्ति कहाँ छ हजारौं वर्ष अघि बुद्धले यही प्रश्नको जवाफ आफ्नो जिवनमा खोजेको थिए । र म भित्र आज यही अनौठो ऐठनले सताइरहेछ । उनै वरिष्ठ मित्रलाई भेटे देखी…॥के यो प्रश्नको चित्त बुझ्दो जवाफ म पाउनसक्छु होला

उनले हाम्रो भेटको अन्तिम पल्ट आफ्नो चश्माको धुलो पुस्दै भने…ू जिवनमा यि प्रश्नको जवाफ खोज्न सकिएन भने जिवन अपुर्ण हुन्छ भाई…। जत्ति जे गरे पनि के गर्नु आखिरमा खाली हात जानु परिहाल्छ…। उ हेर आर्यघाटबाट धुवाँ निस्किरहेको छ… कुनै दिन यो धुवाँ तिम्रो र मेरो पनि हुनेछ…। आफ्नो शरिर जल्नु भन्दा अघि… यो जिवन र जगत्को लागी केही गर्न सकियो भने कत्ति आनन्द हुन्थ्यो होला हगि ू
कुनै धर्म कुनै सम्बन्ध र कुनै नाता भन्दा पर गएर अकस्मात बनेको हाम्रो मित्रता त्यो मेरा लागी यति महत्वपुर्ण बन्छ भनेर सोचेकै थिइन… थाहा छैन हाम्रो भेट फेरी हुन्छ या हुन्न… भयो भने कहिले हुन्छ तर अहिले पनि उनले भनेको त्यही कुरा बारम्बर सम्झन्छु ू रित्तो हात आइन्छ… रित्तो हात गइन्छ… जानुभन्दा अघि यो संसारलाई दिएर जान पाए यो जिवनको रस पिएर जान पाए कस्तो हुन्थ्यो होला हगि

      

December 3, 2008 | 5:12 AM Comments  0 comments

Tags:
You must be logged in to add tags.


Brabim kumar K.C's Profile

Brabim kumar K.C's Friends


Latest Posts
National Blog Posting...
June Wrap-Up
SocialVibe
May Wrap-Up
Yahoo! App and 360...

Monthly Archive
August 2008
September 2008
October 2008
November 2008
December 2008
February 2009
March 2009
April 2009
May 2009
June 2009
July 2009

Change Language


Tags Archive
aboutlife aboutmyself art article change collegenepal creativeyouthsociety culturenepal dashain frustation happiness mylife nepal photos politics politics/nepal prachanda primeminister primeministernepa puspakamaldahal radio talkofthetown talkofthetwon/politics theatre thedays theways togetherasone uncategorized youth yuvachautaree

Filter By Type
Topics

Friends
Abdallah Diwan
AfricanCherub!
Amina
Angel
ashu
benedicta azewanre ideho
Bidhya chapagain
Carita
Cherrie
Diva Muni
Fi McKenzie
Franziska Seel
Injy
Jennifer Corriero
Jenny
jill mills
kaja
Kateula Sichalwe
Luana
Luke Lieberman
mahmoud
Maitreyi Doshi
Maja Andjelkovic
Manel Jaziri
Mariana Ballestero
Mariana Cruz A. Lima
Meaghon Dunphy
Milva
Nguyen Thanh Huyen
ola mustafa
Pinkie
Ravina
Ruth
Sonali
Sophia Laurentia
Stephanie
sujira pongjiwanich
Terez
Tunisian
Yara Kassem

Links
Brabim's Blog
Trueliner's Blog


7386 views
Important Disclaimer